
काठमाण्डु, २७ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज बिहिबार भएको खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ ।
एनपीएलकै पहिलो सुपर ओभरमा पुगेको खेलम पोखरा पहिले ब्याटिङ गर्दै १८ रन बनाउन सफल भएको थियो । १९ रनको लक्ष्य लिएर बएको विराटनगरले १ विकेट गुमाएर ५ रन मात्र बनाएपछि पोखरा विजयी भएको हो ।
रेइफरले निर्धारित खेलको अन्तितम बलमा छक्का हान्दै खेल बराबरी गराएका थिए । तयसपछि सुपर ओभरमा उनैले ब्याटिङ गर्दै २ छक्का र एक चौका हान्दा पोखराले १८ रन बनाएको थियो ।
सुपर ओभरमा पनि रेइफरले नै बलिङ गर्दै जम्मा ५ रन मात्रै बनाउन सफल भएका थिए । त्यसअघि निर्धरित २० ओभरमा विराटनगर र पोखरा दुवै टिमले १३९ रन बनाएपछि खेल टाई भएको थियो र सुपर ओभरमा पुगेको थियो ।