विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

काठमाण्डु टुडे २०८१ मंसिर २८ गते १५:०६ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्राबार भएको खेलामा बसिर अहमदले अर्धशतक बनाएपछि विराटनगर किंग्सले नपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाउन सफल भएको हो ।

एनपीएलमा आफ्नो पहिलो अर्धशतक बनाएका बसिरले अविजित ६८ रन बनाउन सफल भए । उनले ४४ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरेका थिए । यस्तै राजेश पुलामी मगरले अविजित ३३ रन बनाए ।

मार्टिन गप्टिलले ४५ रन बनाउन सफल भए । कमजोर सुरुवात गरे पनि इनिङ्सको अन्तिममा आक्रमक बनेको विराटनगरले अन्तिम चार ओभरमा ६९ रन बनाउन सफल भएका थिए ।

कुनैबेला १० रनमै ३ विकेट गुमाएको विराटनगर ३३–४ को अवस्थामा थियो । तर बसिर र मार्टिन गप्टिलले पाँचौ विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गरेका छन ।

ओपनर लोकेश बम र वान डाउनमा आएका दिपक बोहरा पहिलो ओभरमै आउट भएका थिए । स्कट एडवार्ड्स दोस्रो ओभरमा आउट भए । निकोलस किर्टोन सातौं ओभरमा आउट भएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो । तर गप्टिल र बसिरले अर्धशतकिय साझेदारी गर्दै विराटनगरको स्कोर उकासले ।

बसिरले राजेश पुलामीसँग मिलेर छैटौं विकेटका लागि अविजित ८३ रनको अर्को अर्धशतकिय साझेदारी गरेका थिए । बलिङमा चितवनका रिजन ढकालले ४ ओभरमा ४० रन खर्चर २ विकेट लिए । सोहेल तनविर, बासिल हमिद, कप्तान कुशल मल्लले १९१ विकेट लिए । एनपीएलमा डेब्यु खेलमा युएईका हामिदले ४ ओभरमा १५ रन मात्र बनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us