चितवनले दियो जनकपुरलाई १८१ रनको लक्ष्य, कप्तान कुशल मल्लको विस्फोटक ब्याटिङ

काठमाण्डु टुडे २०८१ मंसिर २९ गते १४:४१ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज (शनिबार) भएको खेलमा कुशल मल्लले प्रतियोगिताको पहिलो अर्धशतक बनाएपछि चितवन राइनोजले एनपीएलमा जनकपुर बोल्टसलाई १८१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कशुलको ७२ रन मद्दतमा पाँच विकेट गुमाएर १८० रन बनाउन सफल भएको हो । मल्लले ४१ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरेका थिए ।

रवि बोपाराले ४४ र हसन इसाखिलले २८ रन बनाउन सफल भए । बलिङमा जनकपुरका लागि ललित राजवंशीले २ विकेट लिए । अन्य बलरहरु महँगा बन्दा ललितले किफायती बलिङ गर्दै ४ ओभरमा २ ओभर मेडन राखेर जम्मा ११ रन खर्चिए । उनले आफ्नो सुरुको दुई ओभर नै मेडन राखेका थिए । चार ओभर स्पेलमा जम्मा एक चौका खर्चेका थिए ।

कुशल मल्ल र रवि बोपाराले चौथो विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए । चौथो विकेटका लागि एनपीएलमा भएको यो दोस्रो शतकीय साझेदारी हो भने चौथो विकेटका लागि उच्च साझेदारी हो । यसअघि लुम्बिनीका रोहित पौडेल र टम मुर्सले पोखरा एभेन्जर्सविरुद्ध चौथो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us