
काठमाण्डु, २९ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज (शनिबार) भएको खेलमा जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै चितवन राइनोजले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।
शनिबार भएको खेलमा यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको जनकपुरलाई ३२ रनले पराजित गरेपछि चितवनले ७ खेलबाट ८ अंक जोडेको छ । अहिलेसम्म जनकपुरले प्लेअफमा स्थान बनाउँदा सुपूरपश्चिम रोएल्स र कर्णाली याक्स पनि ८ अंक नै जोडेर प्लेअफ नजिक रहेका छन । यस्तै ६ खेलबाट ६ अंक जोडेर पाँचौ स्थानमा रहेको काठमान्डु गुर्खाजको पनि प्लेअफ सम्भावना बाँकी नै रहेको छ ।
चितवनले जनकपुरलाई हराएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स भने आफ्नो अन्तिम लिग खेल नै प्लेअफ होडबाट बाहिरि सकेका छन । यस्तै लुम्बिनी लायन्स यसअघि नै लिग चरणबाट बाहिरिसकेको छ ।
अब प्लेअफको बाँकी तीन स्थानका लागि चार टिम होडमा छन् ।आइतबार काठमाण्डु र विराटनगर तथा सुदूरपश्चिम र पोखराबीच खेल हुने भएको छ । काठमाण्डुलाई प्लेअफ पुग्न अन्तिम खेल आफूअनुकुल जित्नैपर्ने बाध्यता रहेको छ । काठमाण्डु विराटनगरसँग पराजित भएका भने सुदूरपश्चिम, कर्णाली र चितवन प्लेअफ पुग्ने पक्का छ ।
जनकपुरले लिग चरणको ७ खेल नै खेलिसकेको छ । जसमा ५ जित र २ हारको नतिजा निकालेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा रहेको छ ।