१ विकेटले मात्र खेल जित्दा…

काठमाण्डु टुडे २०८१ मंसिर ३० गते १३:५३ मा प्रकाशित

काठमाण्डु, ३० मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज आइतबार भएको खेलमा काठमाण्डु गुर्खाजले विराटनगर किङ्सलाई १ विकेटले पराजित गर्दै सफलता हात पारेको छ ।

काठमाण्डु गुर्खाजले आइतबार खेलिएको खेलमा विराटनगर किङ्समाथि एक विकेटको रोमाञ्चक जित निकाल्न सफल भएको हो । काठमाण्डुको कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको विराटनगर किङ्सले १९.५ ओभरमा अलआउट हुनुअघि एक सय १७ रन बनाउन सफल भएको थियो ।

जवाफमा काठमाण्डु गुर्खाजले १८.१ ओभरमा नौ विकेट गुमाएर एक सय २० रन बनाउँदै विजयलक्ष्य पुरा गर्न सफल भयो । जितसँगै काठमाण्डु गुर्खाजले प्ले अफ चरणमा पुग्ने सम्भावना पनि जीवितै राखेको छ । तर, अब प्ले अफ चरणमा पुग्न काठमाण्डु गुर्खाजले अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us