
काठमाण्डु, ३० मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज आइतबार भएको खेलमा सुदूरपश्मिच प्रदेशले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ ।
काठमाण्डुको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाउन सफल भएको हो ।
सुदूरका लागि आरिफ शेखले अविजित ४२ रन बनाउन सफल भए । ब्राण्डन म्याकमुलेनले ३४ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन बनाउन सफल भए । बलिङमा पोखराका कप्तान कुशल भुर्तेलले २ विकेट लिन सफल भएका थिए ।