
काठमाण्डु, ३ पुस– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज बुधबार पहिलो ‘क्वालिफायर’ खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय ४० रनको लक्ष्य दिएको छ ।
काठमाण्डुको कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाउन सफल भएको हो ।
यो खेलमा विजयी हुने टोली सिधै प्रतियोगिताको फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि कर्णाली याक्ससँग दोस्रो ‘क्वालिफायर’ खेल खेल्नेछ ।