एनपीएल उपाधि भिडन्त हेर्न टीयू ग्राउन्डमा दर्शक खचाखच

काठमाण्डु टुडे २०८१ पुष ६ गते १२:३९ मा प्रकाशित

काठमाण्डु, ६ पुस– काठमाण्डुको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आज फाइनल खेल हुँदैछ । फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस्‌ भिड्दैछन् ।

फाइनल खेल हेर्न बिहानैदेखि टीयू क्रिकेट मैदानमा दर्शकको भिड लागेको छ । दुवैतर्फकका टिम समर्थकले आआफ्ना टिमको समर्थनमा प्लेकार्डसहित उपस्थित भएका छन् ।

फाइनलमा टस जितेर जनकपुरविरुद्ध सुदूरपश्चिम रोयल्सले ब्याटिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा तथा जनकपुर आसिफ शेखको कप्तानीमा मैदान उत्रँदैछ ।

नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको उपाधि कसले जित्ला भन्ने कौतहुलता त छ नै त्यतिकै मात्रामा फाइनल हेर्न दर्शकसमेत उत्साहित देखिन्छन् । प्रतियोगितामा विभिन्न ८ फ्रेन्चाइज टोली सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us