फाइनलमा टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाण्डु टुडे २०८१ पुष ६ गते १२:४४ मा प्रकाशित

काठमाण्डु, ६ पुस– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल अन्तर्गत आज शनिबार भएको फाइनलमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ । सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा तथा जनकपुर आसिफ शेखको कप्तानीमा मैदान उत्रदैँछ । दुवै टिममा पछिल्लो खेलबाट कुनै खेलाडी परिवर्तन गरिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us