सुदूपश्चिमले लगातार दोस्रो विकेट गुमायो

काठमाण्डु टुडे २०८१ पुष ६ गते १३:३९ मा प्रकाशित

काठमाण्डु, ६ पुस– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले आफ्नो दोस्रो विकेट पनि गुमाएको छ ।

विनोद भण्डारी ४१ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।जनकपुर बोल्ट्सका ललित राजवंशलीले विकेट लिन सफल भए । १२.२ ओभरमा २ विकेटको क्षतिमा ११७ रन बनाउन सफल भएको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us