
काठमाण्डु, ६ पुस– नेपाल प्रिमियर लिग (एनवपीएल) क्रिकेट अन्तर्गत आज शनिबार भईरहेको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । सैफ अली जैबले ६९ रन बनाएपछि सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिन सफल भएको हो ।
ओपनर जैबले ४३ बल खेल्दै ८ चौका र २ छक्का मदतमा सर्वाधिक ६९ रन बनाउ सफल भएका हुन । अर्का ओपनर विनोद भण्डारीले ३१ बल खेल्दै १ चौका र ३ छक्का मदतमा ४१ रन बनाउन सफल भए ।
जैब र विनोदले पहिदलो विकेटका लागि १२ ओभरमा ११७ रनको साझेदारी गरेका थिए । ओपनरले राम्रो सुरुवात दिलाएपनि मिडल अर्डर र लोअर अर्डरले राम्रो कन्ट्रिब्युट गर्न सकेनन् ।
बलिङमा जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले ३–३ विकेट लिन सफल भएका हुन । सुदूरपश्चिमले अन्तिम दुई ओभरमा ५ विकेट गुमाएको थियो ।