
काठमाण्डु, ६ पुस– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलमा जनकपुर बोल्ट्सले आफ्नो पहिलो विकेट गुमाएको छ । काठमाण्डुको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा आसिफ शेख ३३ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।
सुदूरपश्चिम रोयल्सका सेफ अलि जेबले विकेट लिन सफल भएका हुन । ७ ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाउन सफल भएको छ । सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स सामु जितका लागि १ सय ८५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाउन सफल भएको हो ।