
काठमाण्डु, ६ पुस– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलमा जनकपुर बोल्ट्सले आफ्नो चौथो विकेट पनि गुमाएको छ । काठमाण्डुको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा जेम्स निसम ४ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।
सुदूरपश्चिम रोयल्सका दीपेन्द्र सिंह ऐरीले विकेट लिन सफल भएका हुन । जनकपुरले १७ ओभरमा ४ विकेटको क्षतिमा १७६ रन बनाउन सफल भएको छ ।
सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स सामु जितका लागि १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाउन सफल भएको थियो ।