
काठमाण्डू, ३ माघ– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ ।
नेप्से ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा बन्द भयो । कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही वृद्धि भएको छ । बुधबार ५ अर्ब ८२ करोडको सेयर कारोबार भएकामा बिहीबार ५ अर्ब ९२ करोड कारोबार भयो ।
२ सय ९६ वटा धितोपत्रको १ करोड १७ लाख ३५ हजार ७ सय १५ कित्ता सेयर किनबेच हुँदा ८७ कम्पनीको सेयर मूल्य बढेको छ । १ सय ५३ कम्पनीको मूल्य घटेको छ ।
तीन कम्पनीको मूल्य स्थिर रह्यो । घट्दो बजारमा पनि चार कम्पनीको सेयर मूल्यमा सर्किट लेभलमा कारोकार भएको छ । पोखरा फाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । सिन्धु विकास बैंकको सर्वाधिक कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने सात समूहको घटेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक २ ०३ प्रतिशतले बढेको छ । वित्त समूहको परिसूचक सर्वाधिक ५।१९ प्रतिशतले घटेको छ ।