
काठमाण्डु, ६ माघ– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेले खेल जीवनबाट सन्यास लिन लागेको आशयको स्टाटस पोष्ट गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई धन्यवाद दिएका छन् । सन्दीपले सिधै सन्यास लिन लागेको उल्लेख नगेर पनि त्यस्तै आशय प्रकट गरेका छन् । उनले आफ्नो यात्रामा निरन्तर साथ, हौसिला र माया सधैं मनमा रहिरहने बताए ।
‘सबैजनालाई यो सबै कुराको लागि धन्यवाद । यो देश र समर्थकहरुले सधैं माया, प्रोत्साहन र समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ’, उनले भने, ‘यो मायाँ र हौसला मेरा लागि सबथोक भएको र सदा मनमा विशेष किसिमले रहिरहनेछ ।’
सामाजिक सञ्जालमा कसैले उनले सन्यास लिन लागेको अर्थमा र कतिपयले चर्चाका लागि भनेका छन् ।