
काठमाण्डू, १९ माघ– गायिका एलिना चौहानले सम्बन्धविच्छेदका लागि जिल्ला अदालत काठमाण्डूमा दिएको निवेदनलाई ठूलो रूपमा नलिनका लागि आग्रह गरेकी छन ।
आज (शनिबार) आफ्नो आधिकारिक टिकटक ह्यान्डलमा एक भिडियो पोस्ट गर्दै एलिनाले यस्तो आग्रह गरेकी हुन् । उनले उक्त भिडियोमा गायिका एलिनाले भनेकी छन, ‘अदालतको कुरा बाहिर कसरी आउँछ थाहा छैन, तर यसलाई ठूलो रूपमा लिएर प्रचार गर्नेभन्दा पनि इग्नोर गर्नुहोला ।’
उनले श्रीमान्लाई गाली नगर्नसमेत भनेकी छन्। उनले भनिकी छन्, ‘जति गाली गर्न मन छ, मलाई गर्नुहोला। तर, उहाँलाई नगर्नुहोला। सहमतिमै हामीले सम्बन्धविच्छेद गर्ने निर्णय लिएका हौँ, कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुँदैन । सात जुनीसम्मका लागि गरिन्छ अझ हिन्दू संस्कारमा त ।
उनले बिहेअघि सम्बन्धमा रहँदा पनि बढी नै खटपट पर्ने गरेको खुलाएकी छन्। बिहे हतारमा गरेको स्वीकार्दै उनले भनेकी छन्, बिहे गर्नु हतारको डिसिजन भयो। प्रेम सम्बन्धमा हुँदा पनि बढी नै खटपट हुन्थ्यो। तर, सहन्छु भनेरै बिहे गरेँ। तर, समय बित्दै जाँदा सहन सकिनँ। उहाँले सोचेजस्तो पनि भएन ।’