४.४५ अंकले घट्यो नेप्से

काठमाण्डु टुडे २०८१ माघ २३ गते १५:२१ मा प्रकाशित

काठमाण्डू, २३ माघ– साताको कारोबारको चौथो दिन आज बुधबार सेयर बजार परिसूचक (नेप्से) ४.४५ अंकले ओरालो लागेको छ । २७१९ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतार चढावका बिच सामान्य अंकले घट्दा परिसूचक २७११ बिन्दुमा आइपुगेको हो ।

आज नेप्से परिसूचक घटेको र अधिकांश उपसमूहको सूचक ओरालो लागे पनि फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिएका छन् । बुधबार फाइनान्स उपसमूहका १५ वटै कम्पनीको मूल्य बढ्यो ।

यो उपसमूह मात्रै ५.६७ प्रतिशतले वृद्धि भएको भएको छ । आज कुल ११३ कम्पनीको मूल्य घट्यो । १२२ कम्पनीको बढ्दा ७ कम्पनीको मूल्य भने स्थिर रह्यो । बधुबार सामुदायिक लघुवित्त र कर्पोरेट विकास बैंकको मूल्य १० प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

उपकार लघुवित्त, छ्याङ्दी जलविद्युत् र सेन्ट्रल फाइनान्सको मूल्यमा १० प्रतिशतको वृद्धि भयो । बुधबार समग्रमा ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us