
काठमाण्डू, १९ फागुन– साताको कारोबारको दोस्रो दिन आज सेयर बजार परिसुचक नेप्से दोहोरो अङ्कले ओरालो लागेको छ ।
साताको पहिलो दिन आइतबार बजार परिसूचक १३.६२ अङ्कले घटेर २८७६.६६ विन्दुमा पुगेको हो ।
आज बजारमा १४ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । बजारमा आज ५१ कम्पनीको मूल्य बढेको छ । १८७ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजारमा आज जीवन बीमा, उत्पादन तथा प्रशोधनमूलक उद्योग, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य समूहका सेयर बढ्दा बाँकी समूहका सूचक घटेको छ । होटल तथा टुरिजम क्षेत्रको समूह सर्वाधिक १.८८ प्रतिशतले घटेको छ भने अन्य समूह सर्वाधिक १.८६ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।
आज बजारमा गार्डियन माइक्रो लाइफको मूल्यमा सकारात्मक सर्किट लाग्दा समाज लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ ।