
काठमाण्डू, २५ फागुन– साताको पहिलो दिन आज आइतबार सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले ओरालो लागेको छ । गत साताको सोमबारदेखि घट्न थालेको नेप्से साताको पहिलो दिन आइतबार ४६.३३ अंकले घटेको हो ।
योसँगै बजार परिसूचक २७७२.१० विन्दुमा ओर्लिएको छ । आज बजारमा १० अर्ब ०१ करोड रुपैयाँ बराबरको कारोबार भयो । आज बजारमा २४ कम्पनीको मूल्य बढेको छ । २१७ कम्पनीको मूल्य घटेको छ भने बाँकी २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजारमा आज पनि गार्डियन लाइफसहित तीन कम्पनीको इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको नेप्सेले जनाएको छ । त्यसरी सर्किट लाग्ने कम्पनीमा आईसीएफसी फाइनान्सको डिबेञ्चर र भोगोल इनर्जी रहेका छन् ।
उपकार लघुवित्त र सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । बजारमा सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै अन्य समूह र इन्भेष्टमेन्ट समूहको शेयर घटेको छ । कारोबार रकमका आधारमा आज पनि हिमालयन रि–इन्स्योरेन्स १ अर्ब १२ करोड रुपैयाँसहित अगाडि छ ।