
काठमाण्डू, २६ फागुन– सोमबार पनि सेयर बजार मापक नेप्सेमा गिरावट आएको छ ।
गत सोमबारदेखि घट्ने क्रममा रहेको नेप्से लगातार छैटौं दिन पनि ओरालो लागेको हो । सोमबार नेप्से २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा झरेको छ ।
कारोबार रकम पनि घटेको छ । आइतबार १० अर्ब नौ करोडको कारोबार भएकामा सोमबार घटेर ८ अर्ब ३७ करोडमा सीमित भएको छ । अघिल्लो दिनको तुलनामा यो एक करोड ७२ लाखले कम हो ।
सोमबार ३ सय ११ धितोपत्रको एक करोड ५० लाख ९४ हजार ९१५ कित्ता सेयर किनबेच भयो ।
४४ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ९१ वटाको घट्यो । यस्तै आठ कम्पनीको मूल्य स्थिर रहेको छ । नेष्डो समृद्ध लघुवित्तको मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढ्यो भने उपकार लघुवित्तको मूल्य सर्वाधिक ६।९८ प्रतिशतले घट्यो ।