
काठमाण्डू, २३ चैत– गत ५ चैतमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा बानेश्वर क्याम्पसका निर्वाचित स्ववियु सदस्य विवेक ठकुल्ला निर्वाचित कार्यसमितिको पहिलो बैठक नै नबसी बिदेसिएका छन् ।
ठकुल्ला वैदेशिक अध्ययनका लागि आज शनिबार जापान गएका उक्त क्याम्पसका एक स्ववियु सदस्यले जानकारी दिएका छन । चैत ५ गते भएको स्ववियु निर्वाचनमा ठकुल्लाले अखिल क्रान्तिकारीको तर्फबाट १५९ मत ल्याएर स्ववियु सदस्य निर्वाचित भएका थिए ।