तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक पक्राउ

काठमाण्डु टुडे २०८१ चैत २४ गते १५:४३ मा प्रकाशित

काठमाण्डू, २५ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको हिंसात्मक प्रदर्शनका बेला तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कुमार तामाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिएका छन । उनका अनुसार, तामाङलाई भक्तपुर क्षेत्रबाट पक्राउ गरेर ल्याइएको हो ।

तामाङले जडिबुटीमा रहेको एक घरमा समेत आगजनी गरेको प्रहरीले जनाएको छ । यो घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालयले मात्र २७ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाण्डूले विस्तृत अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us