देशमा रावणहरूको शासन छः लोहनी

काठमाण्डु टुडे २०८१ चैत २५ गते १५:४९ मा प्रकाशित

काठमाण्डू, २६ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले देशमा अहिले रावणहरूको शासन रहेको बताएका छन । आज मंगलबार काठमाण्डूको बल्खुमा राप्रपाले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा नेता लोहनीले यस्तो बताएका हुन् । उनले भने, ‘नेपालमा अहिले रावणहरूको शासन भएको छ ।

रावण भनेको के हो ? विम्ब तपाईंको अघिल्तिर आउँछ, ‘रावण भनेको अहंकार हो, अरुको चिज मेरो भन्ने घमण्ड हो । सर्वसाधरणलाई उपेक्षा गर्ने मनस्थिति हो । मैले गरेपछि जे पनि ठिक हुन्छ भन्ने हो ।

त्यो रावण प्रवृत्ति हो ।’ जनताको मत लिएर सरकारमा गएकाहरूमा रावण प्रवृत्ति हावि हुँदै गएको बताउँदै यसको विरुद्धमा संघर्ष गर्ने मूल चुनौती रहेको पनि बताएका छन ।

उनले भने, ‘त्यो प्रवृत्ति जनताको मत लिएका राजनीतिज्ञ छन्, जनताले पठाएकाहरूको प्रवृत्ति रावण प्रवृत्ति भएर गएको छ । यो ढुकुटी भनेको मैले जे पनि गरेको छ, ‘यसको विरुद्धमा संघर्ष गर्न आजको मूल चुनौती हो ।

ठूला पार्टीहरू गर्ने छैनन् । उनीहरू त्यही प्रवृत्तिबाट फाइदा लिइरहेका छन् ।’ यस्ता प्रवृत्तिले नेपालको आत्मसम्मानमा, छविमा, सम्मानमा धुमिल बनाएको उनको आरोप थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us