
काठमाण्डू, २६ चैत– पूर्व मन्त्री प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा)ले सिंहदरबार घेर्ने निर्णय गरेको छ । आज (मङ्गलबार) काठमाण्डूमा बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको आजपाका एक नेताले जानकारी दिएका छन ।
नक्कली गणतन्त्रवादीलाई निकाल्ने निष्कर्षसहित सिंहदरबार घेराउ गर्ने निर्णय गरिएको अध्यक्ष साहले जानकारी दिएका छन । उनका अनुसार पार्टीले आउँदो जेठ १५ गते सिंहदरबार घेराउ गर्ने निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले नक्कली गणतन्त्रवादीलाई तह लगाउन सिंहदरबार घेराउ गर्ने बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र अहिलेको व्यवस्था पूर्ण रूपमा असफल भएको भन्दै उनले नक्कली गणतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्नुपर्ने बताए।