
काठमाण्डू, २६ चैत– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाह (बालेन)लाई धेरै हिरो भएर पत्र नकाट्न आग्रह गरेका छन ।
आज (मंगलबार) काठमाण्डूको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले मेयर बालेनलाई यस्तो आग्रह गरेका हुन । उनले भने, ‘एउटा सूचना दिन बिर्सिएछ, हाम्रो बालेनजीलाई ।
यो काठमाण्डू महानगरभित्र पर्छ होइन ? बालनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु र हाम्रो साथीहरूलाई आफैँ सफा गरेर जान आग्रह गर्छु। एउटा केही फोहोर रहनेवाला छैन। पत्रकार, नागरिक समाजले अनुगमन गर्नुहोला, भोलि फोहोर गरेबापत् भनेर चिठी नआओस् ।’