बैंककबाट काठमाण्डू आएकी युवती ६ किलो गाँजासहित विमानस्थलबाट पक्राउ

काठमाण्डु टुडे २०८१ चैत २५ गते १७:५२ मा प्रकाशित

काठमाण्डू, २६ चैत– प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलबाट ६ किलो गाँजासहित एक विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाइल्याण्डकी २७ वर्षीया मिस कनोकवान पोंगसुवान रहेकी त्रिभुवन विमानस्थल स्रोतलेृ जानकारी दिएको छ ।

उनलाई विमानस्थलको भन्सार एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको लगेजबाट ६ किलो गाँजा बरामद भएको प्रहरीले जानकारी दिएको छ । उनी थाइ एअरको उडानमार्फत काठमाण्डू आएकी थिइन् ।

उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाईको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us