
कामठाण्डू, २७ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै छ । बैठक आज बुधबार अपराह्न ४ बजे रास्वपाको मुख्यालय बनस्थलिमा बस्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।
बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको अधिवेशन सम्बन्धमा, जनयात्रा कार्यक्रमका विषयमा छलफल हुने उनले जानकारी दिएका छन । साथै प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धमा पनि छलफल हुने जानकारी दिइएको छ ।