
कामठाण्डू, २७ चैत– प्रहरीले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनमा सहभागी कमल विष्टलाई पक्राउ गरेको छ । ललितपुरको ठेचो घर भएका विष्ट राप्रपा नेपालका विद्रोही नेता केशरबहादुर विष्ट निकट हुन् ।
उनलाई ढोलाहिटीबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले जानकारी दिएका छन । विष्टले सामाजिक सञ्जालमा नेपालमा श्रीलङ्का र बङ्गलादेशको शैलीमा आन्दोलन गर्ने अभिव्यक्ति दिएका छन् ।
उनले आईजीपी दीपक थापाबारे पनि सामाजिक सञ्जालमा अश्लील गालीगलौज गरेको आरोप छ । उनीबारे प्रहरीले अनुसन्धान गरिरहेको ति अधिकृतले जानकारी दिए ।