नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाण्डु टुडे २०८१ चैत २६ गते १३:४९ मा प्रकाशित

कामठाण्डू, २७ चैत– एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने प्रक्षेपण गरेको छ। एडीबीले आज सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक २०२५ मा नेपालको आर्थिक वृद्धिदर गत वर्षभन्दा केही बढ्ने देखिएको हो। गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो ।

नेपालको अर्थतन्त्रमा सुधार हुँदै जाँदा आर्थिक क्षेत्रमा सुधार हुने बताइएको छ । गत आर्थिक वर्ष नेपालमा जलविद्युत् उत्पादनमा वृद्धि, गहुँ उत्पादन र सेवा क्षेत्रमा आएको उत्साहले अर्थतन्त्रमा सुधार हुँदै गएको एडीबीले जनाएको छ । मुद्रास्फीति गत वर्षको तुलनामा वृद्धिदर कम हुने एडीबीले प्रक्षेपण गरेको छ ।

गत आर्थिक वर्षमा ५.४ प्रतिशतमा रहेकोमा २०२५ मा ५.२ प्रतिशत रहेको छ । आगामी आर्थिक वर्ष भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एडीबीको छ। एडीबीका अनुसार चालू आर्थिक वर्षमा नेपालको उत्पादनमूलक क्षेत्रको वृद्धि बढ्ने प्रक्षेपण गरिएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा निर्माण क्षेत्रमा ७.७ प्रतिशत कर्जा विस्तार भएको छ । उत्पादनमूलक उद्योगमा कर्जा जाने सम्भावना पनि उच्च रहेको छ ।

पर्यटक आगमनमा भएको वृद्धिका कारण सेवा क्षेत्रको वृद्धि पनि सकारात्मक हुने एडीबीले उल्लेख गरेको छ । नेपालले केही समय औद्योगिक, व्यावसायिक वातावरण बनाउन भन्दै गरेको ऐन–कानुनमा गरेको फेरबदलले पनि लगानी बढ्ने तथा सेवा क्षेत्रको वृद्धिमा योगदान गर्ने आकलन रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातमा थप कर लगाएर कार्यान्वयनमा लैजाने घोषणाले एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण घटेर ४.९ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । एडीबीले अमेरिकी नीतिले चीनको आर्थिक वृद्धिमा सबैभन्दा ठुलो प्रभाव पर्ने सम्भावना औँल्याएको छ । एडीबीले दक्षिण एसियाको आर्थिक वृद्धि ६ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। गत वर्ष यस्तो वृद्धि ५.८ प्रतिशत थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us