खुमबहादुर खड्काको जग्गा जफत गर्ने प्रक्रिया अघि बढ्यो

काठमाण्डु टुडे २०८१ चैत २६ गते १७:३५ मा प्रकाशित

कामठाण्डू, २७ चैत– नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको सानेपास्थित जग्गा जफतको प्रक्रिया अघि बढेको छ । कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले खड्काको सानेपास्थित जग्गा जफतको प्रक्रिया अघि बढाएको हो ।

विभागका महानिर्देशक सुरेश पन्थीले सर्वोच्च अदालतको आदेश अनुसार जग्गा जफतका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन । उनले भने, ‘मालपोतबाट कागजात मगाएर प्रतिवेदन तयार पार्दैछौं, ‘अबको केही दिनमा मन्त्रालयमा पेश भएपछि गृहमन्त्रीज्यूले निर्णय गरेपछि जग्गा जफत हुन्छ ।’

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले ३० साउन २०६९ मा पूर्वमन्त्री खड्कालाई भ्रष्टाचार कसुरमा दोषी ठहर गर्दै जग्गा जफत गर्ने फैसला सुनाएको थियो ।

उनको सानेपा रहेको १ करोनी ६ आनाभन्दा बढी जग्गा जफत गर्नुका साथै २० लाख ५६ हजार ९८७ रुपैयाँ असुल उपर गर्नुपर्ने फैसलामा भनेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us