देशमा भ्रष्टाचार चलिरहेको आशंका छः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८१ चैत २६ गते १८:१४ मा प्रकाशित

कामठाण्डू, २७ चैत– एमाले अध्यक्ष समेत प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचार चलिरहेको आफूलाई शंका लागेको बताएका छन । आज (बुधबार) नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो शंका व्यक्त गरेका हुन ।

प्रधानमन्त्री ओली भने, ‘आज हामीलाई सुशासन चाहिएको छ । र विकास चाहिएको छ । सुशासन कुनै कम्प्रमाइजबिना चाहिएको छ, ‘भ्रष्टाचारसँग कम्प्रमाइज हुन सक्दैन । मलाई आशंका छ, भ्रष्टाचार फेरि पनि चलिरहेको छ ।

म भनिरहेको छु, भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ । तर, थाहा नपाई नपाई भ्रष्टाचार भइरहेको हुनसक्छ ।’ यस्ता भ्रष्टाचार रोक्न चेम्बर अफ कमर्शको साथ आफूलाई चाहिएको पनि प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । तपाईंहरूको सहयोग चाहिन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us