
कामठाण्डू, २७ चैत– कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन र भाषणमा समय खेर खर्च नर्गन सुझाव दिएका छन ।
प्रधानमन्त्री ओली उद्घाटन र भाषणका लागि डुल्ने–घुम्ने काममा भुल्दा सरकारको कामको गति कम भएको महामन्त्री थापाको तर्क छ । रुपन्देहीको देवदहमा पार्टीले बुधबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । सरकारको कामको गति नपुगेको भन्दै युद्धको मनोविज्ञान लिएर काम गर्न प्रधानमन्त्री–मन्त्रीहरूलाई सुझाव समेत दिएका छन ।
उनले भने, ‘सरकारको कामको गति पुगेन । हामी भन्छौं सरकारलाई– तिमी युद्धको मनोविज्ञानले काम गर । १८ घण्टा काम गर, २० घण्टा काम गर, उद्घाटनमा नजाऔ । काहीँ भाषण गर्न नजाऔ, ‘प्रधानमन्त्री अहिले डुलेको देख्छु, मन्त्रीहरू घुमेको देख्छु, मेरो सम्मानपूर्वक उहाँहरूलाई अनुरोध छ, तपाईंहरू डुल्ने–घुम्ने काम छाड्नुस् ।
तपाईंहरू काम गर्नुस् । त्यो कामको प्रचारप्रसार गर्ने काम हामीहरू गरिहाल्छौं ।’ शिक्षकका माग बेलैमा सम्बोधन गरेको भए उनीहरू सडकमा आउने थिएनन् भन्दै थापाले ठिक ढंगले माग सम्बोधन गर्न समेत सरकारलाई आग्रह गरेका छन ।