
कामठाण्डू, २७ चैत– फरार अवस्थामा रहेका व्यवसायी दुर्गा प्रसाईं फेरि गुप्त स्थानबाट नयाँ भिडिओमा प्रस्तुत भएका छन । उनले आफ्नो सुरक्षा ग्यारेन्टी गरिएको खण्डमा २४ घन्टाभित्रै सार्वजनिक हुने बताएका छन ।
प्रसाईंको सचिवालयको फेसबुक पेजबाट भिडिओ सार्वजनिक भएको छ । साढे आठ मिनेट लामो भिडिओमा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन् ।
गत चैत १५ को आन्दोलनमा मारिएका दुई युवाको परिवारलाई ५–५ लाख रुपैयाँ दिने घोषणा पनि उनले गरे । आफू बाहिर आएपछि उक्त रकम दिने उनले बताएका छन ।