
मकवानपुर, २८ चैत- मदन भण्डारी मार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ३ चिसापानीमा बस दुर्घटना भएको छ ।
बाप्र ०६–००१ख०२७० नम्बरको बस गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीका अनुसार सिन्धुलीको एक कार्यक्रममा सहभागी भएर फर्कंदै गरेका अगुवा कृषक सवार बस पल्टिएको प्रहरीको भनाइ थियो ।
भीमफेदी गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाको आयोजनामा अगुवा कृषकहरु भ्रमणमा गएर फकिँदै गर्दा दुर्घटना भएको हात्तीसुँढे प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक जनककुमार तामाङले जानकारी दिए ।