बार एसोसिएसनको निर्वाचनः विजयको प्यानलनै विजयी

काठमाण्डु टुडे २०८१ चैत २७ गते १५:१४ मा प्रकाशित

काठमाण्डू, २८ चैत– नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रा.डा.विजय मिश्र विजयी भएका छन । उनले प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई पराजित गर्दै बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार मिश्रले पाँच हजार ५२ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भए भने उनका प्रतिस्पर्धी श्रेष्ठले दुई हजार ६ सय २१ मत प्रप्त गरे । बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष मिश्रले बारमा सबैलाई समेटेर एकजुट भएर अघि बढ्ने प्रतिक्रिया दिएका छन ।

स्वतन्त्र न्यायपालिकाको वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्ने मिश्रले बताए । मिश्रले लयर्स एकेडेमीको स्थापनामार्फत कानुन व्यवसायीहरूको अध्ययन प्रशिक्षण तथा तालिमका लागि पर्याप्त अवसरको व्यवस्था गरिने उल्लेख गरे । उनले संविधान संशोधनमा समेत बारले महत्त्वपूर्ण योगदान पुर्‍याउने पनि बताएका छन ।

त्यस्तै बारको उपाध्यक्षमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ विजयी हुनुभएको छ ।

महासचिवमा यज्ञमणि न्यौपाने निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा जगत बहादुर कार्की विजयी बने । नेपाल बारको चुनावमा मिश्रको प्यानल नै निर्वाचित भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us