शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छः सभापति देउवा

काठमाण्डु टुडे २०८१ चैत २७ गते १५:२६ मा प्रकाशित

काठमाण्डू, २८ चैत– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर रहेको बताएका छन् ।

आज (बिहिबार) बुढानीलकण्ठस्थित निवासमा पार्टी निकट शिक्षक संघका प्रतिनिधिहरुसँगको भेटघाटमा सभापति देउवाले यस्तो प्रतिक्रिया दिएका हुन ।

देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानन्त्री केपी शर्मा ओली र सत्तारुढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको पनि बताएका छन ।

भेटमा नेपाल शिक्षक संघका सुदूरपश्चिम सभापति डिल्लीराज पन्तले सभापति देउवासँगको छलफल उत्साहजनक रहेको बताए । सो भेटघाटमा नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरको पनि उपस्थिति रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us