उदयपुरमा बन्दै गरेको पक्की पुल भत्कियो

काठमाण्डु टुडे २०८१ चैत २७ गते १८:१६ मा प्रकाशित

काठमाण्डू, २८ चैत– उदयपुरको कटारी नगरपालिका-२ सिद्धिचरण लोकमार्ग स्थित सिमानपुर र कल्याणपुर जोड्ने अमाहा खोलामा बन्दै गरेको पक्की पुल भत्किएको छ । बुधबार रातिको वर्षापछि अमाह खोलामा बाढी आउँदा निर्माणाधीन पक्की पुल भाँचिएको त्याँहाका स्थानीयले जानकारी दिएका छन ।

२० दिन अघि मात्रै उक्त पुल ढलान गरिएको पुल गए रातिको बाढीले टेका बगाएपछि पुल लच्किएको छ उदयपुरका एसपी हरिहरनाथ योगीले जानकारी दिएका छन । मिर्चैया – कटारी – घुर्मी सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी वीरेन्द्र प्रसाद महतोका अनुसार ढलान गर्दा पुलमा लगाइएका टेकाहरू बाढीका कारण भासिँदा पुल लच्किएको हो ।

मिर्चैया–कटारी – घुर्मी सडक योजना कार्यालयमार्फत सूर्या एन्ड सन्स इटहरीले उक्त पुल निर्माणको जिम्मा लिएको थियो । बीचमा पिल्लर नै नभएको ५० मिटरको प्री स्टेस (बक्स अर्डर) पुल २९ असार २०७९ मा सम्झौता भएको थियो । उक्त पुल सहित ४ वटा पुल २९ असोज २०८२ मा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

२ सय ५० मिटर लामो ४ वटा पुल सम्पन्न गर्ने गरी २८ करोड ९९ लाख ५२ हजारमा सम्झौता भएको महतोले जानकारी दिएका छन । उक्त आयोजनाले सिमानपुर, ताराघारी, खोक्सा र गिद्दबर गरेर जम्मा ४ वटा पुल निर्माणको जिम्मा लिएको थियो । ७ चैतमा उक्त पुलमा ढलान गरिएको थियो टेको भासिँदा स्ल्याब ढलेको हो । बीच बोर्डरमा केवल हुने हुँदा २८ दिनमा मेसिनले तानेर लक गर्नु पर्ने हुन्छ ।

त्यसपछि मात्र लोड लिन्छ,’ इन्जिनियर महतोले भने, ‘बाढीका कारण टेकाले आफ्नो स्थान छाड्दा पुल लच्किन पुगेको हो ।’ उनका अनुसार अहिलेको संरचना हटाएर अर्को पुल बनाउनु पर्ने हुन सक्छ ।

निर्माण सम्पन्न नहुँदै पुल भाँचिएपछि स्थानीय आक्रोशित बनेका छन् । सरकारी निकायको लापरबाहीले पुल भाँचिएको स्थानीय नवराज बास्तोलाले जानकारी दिएका छन । समय समयमा पुलको अनुगमन गरिको भए आज यो अवस्था नआउने उनको आरोप रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us