दुर्गा प्रसाईंलाई काठमाण्डू ल्याइँदै

काठमाण्डु टुडे २०८१ चैत २८ गते ८:५२ मा प्रकाशित

काठमाण्डू, २९ चैत– पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा गत १५ चैतमा काठमाण्डूको तिनकुनेमा बितण्डा मच्चाएर फरार भएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आजै हवाई मार्गबाट काठमाण्डू ल्याइने भएको छ ।

झापाको भद्रपुर विमानस्थलबाट प्रसाईंलाई काठमाण्डू ल्याउने तयारी भएको हो । भारतीय प्रहरीसँगको समन्वयमा प्रहरीले प्रसाईंलाई बिहीबार भारतको आसामबाट पक्राउ गरेको थियो ।

राजावादी कमाण्डर भनिएका प्रसाईंको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । यस्तै राजावादी समूहले व्यक्तिका घर, जडिबुटीस्थित औषधि कारखानामा आजगनी र भाटभटेनी सुपर मार्केट लगायतमा लुटपाट मच्चाएका थिए ।

प्रसाईंले बुधबार सामाजिक सञ्जालमा एक भिडियो प्रसारित गर्दै आफू नेपालमै रहेको दाबी गरेका थिए ।

बितण्डामा संलग्न राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं सांसद धबलशमशेर राणासहित धेरै फत्राउ परे पनि प्रसाईं भने प्रहरीलाई छक्याउँदै भारत पसेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us