साढे ११ बजेको फ्लाइटमा प्रसाईंलाई चन्द्रगढी विमानस्थलबाट काठमाण्डू ल्याइँदै

काठमाण्डु टुडे २०८१ चैत २८ गते ११:२९ मा प्रकाशित

काठमाण्डू, २९ चैत– हिजो (बिहिबार) बेलुका भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापाबाट साढे ११ बजेको फ्लाइट मार्फत काठमाण्डू ल्याइने भएको छ । प्रसाईंलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत चन्द्रगढी विमानस्थलबाट उनलाई काठमाण्डू ल्याउन लागिएको नेपाल प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।

प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । भारतको आसाम राज्यमा फेला बिहीबार परेका थिए ।

यता प्रसाईंको सचिवालयले भने आसाम प्रहरीमा उनी आफैंले आत्मसमर्पण गरेको दाबी गरेको थियो । १५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनका उनी मुख्य कमाण्डर हुन् ।

उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । यता प्रसाईं भने फरार हुँदै भारत पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us