यूके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

काठमाण्डु टुडे २०८१ चैत ३० गते १५:३७ मा प्रकाशित

काठमाण्डू, ३१ चैत– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबमा यूके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–३ घर भई हाल काठमाण्डू महानगरपालिका–२९ बस्ने ३५ वर्षीय ख्याम खड्का र मोरङको ग्रामथान गाउँपालिका–६ घर भई हाल काठमाण्डू महानगरपालिका–३० बस्ने २३ वर्षीय ईश्वर पोखरेल रहेको प्रहरीले जानकारी दिएको छ ।

खड्काले यूके पठाइदिने भन्दै २ जना पीडितसँग ३६ लाख रुपैयाँ र पोखरेलले एक जना पीडितसँग क्यानडा पठाइदिने भन्दै १० लाख ५१ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेको उजुरी परेको थियो ।

उक्त उजुरीको आधारमा खड्कालाई शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका–८ बाट र पोखरेललाई काठमाण्डू महानगरपालिका–१४ बाट शुक्रबार नियन्त्रणमा लिएको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us