
काठमाण्डू, ३१ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएको छ ।
उक्त रिटको आज (आइतबार) न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासमा सुनुवाइ सकिएको हो । मुद्दामा आदेश आजै आउने बताइएको छ । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते रिट दर्ता भएको थियो ।
सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
उक्त आदेशपछि उनलाई सोही रात बुढानीलकण्ठबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाण्डूमा राखिएको थियो ।लामिछानेलाई एक दिन काठमाण्डू र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो ।