
काठमाण्डू, ३१ चैत– काठमाण्डूको प्रदर्शनी मार्गमा रहेको नेपाल ल क्याम्पसमा आगामी वैशाख ८ गते स्ववियु निर्वाचन हुने भएको छ । स्ववियु निर्वाचन समितिले वैशाख ८ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको कार्यतालिका अनुसार २०८२ वैशाख २ गते सङ्घरसङ्गठनरसमूह दर्ताको मिति तोकिएको छ । २ गतेदेखि सुरु हुने निर्वाचन कार्यतालिका ८ गते बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मतदान पश्चात् सकिनेछ ।
उच्च अदालत पाटनले नेपाल ल क्याम्पसमा यथाशीघ्र निर्वाचन सम्बन्धी कार्य गर्नु गराउन भनी अन्तरिम आदेश जारी गरेको थियो । चैत २७ गते गत न्यायाधीशद्वय श्यामकुमार भट्टराई र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेका थिए । रुपेश खनाल लगायतले ल क्याम्पसमा यथाशीघ्र स्ववियु निर्वाचनको माग गर्दै मुद्दा हालेका थिए ।
चैत ५ गतेका लागि तोकिएको निर्वाचन नभएको र उक्त निर्वाचन स्थगन गर्नुपर्ने वस्तुनिष्ठ कारण खुलाएको नदेखिएको र त्रिभुवन विश्वविद्यालयले १५ दिनभित्र निर्वाचन गर्ने गरी मिति तोकेको समेत नदेखिएको भन्दै यथाशीघ्र निर्वाचन गराउन अदालतको अन्तरिम आदेश थियो ।