सरकार परिवर्तनको हल्ला प्रचण्डको कुण्ठा र पीडाबोधः एमाले

काठमाण्डु टुडे २०८२ वैशाख १ गते १५:३७ मा प्रकाशित

काठमाण्डू, १ वैशाख– सत्ता घटक दल एमालेले वर्तमान सरकार परिवर्तनको कुनै पनि सम्भावना नरहेको बताएको छ । आज (सोमबार) एमाले मुख्यालय च्यासलमा बसेको एमालेको केन्द्रीय बैठकले सरकार परिवर्तनको हल्लामा सत्यता नरहेको निष्कर्ष निकालेको बैठक पछि बैठकको निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि सरकार परिवर्तनको हल्लाहरु गरिरहनुभएको छ । यसले उहाँमा सरकारबाहिर रहँदाको एक खालको कुण्ठा, एकखालको पीडाबोध प्रकट हुन्छ, ‘अहिले सरकार परिवर्तन न कतैबाट संभव छ, न त्यसको सान्दर्भिकता छ, न औचित्य छ ।’ तर सत्ता मोहका कारण प्रचण्डले सरकार परिवर्तनको हल्ला गरिररहेको ज्ञवालीले बताएका छन ।

उनले भने, ‘राष्ट्रिय राजनीतिका यावत कुरा छोडेर सरकार परिवर्तनको कुरा मात्रै गर्नु भनेको सत्ताप्रतिको आशक्ति, सत्ता मोहबाहेक अर्थोक केही पनि होइन । त्यसले भ्रम सिर्जना गर्ने कोसिस भएको छ । त्यसलाई पनि खण्डन गरेका छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us