कोशीदेखि कर्णालीसम्म मौसम बदली, केही ठाउँमा चट्याङसहित वर्षा

काठमाण्डु टुडे २०८२ वैशाख २ गते ८:१३ मा प्रकाशित

काठमाण्डू, २ वैशाख– देशभर हाल पश्चिमी वायु र स्थानीय वायुले प्रभाव पारिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मौसम प्रायः सफा देखि आंशिक बदली रहने अनुमान गरिएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा तथा अन्य स्थानका एक–दुई भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।

यसैगरी, दिउँसो देशका उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहन सक्नेछ भने अन्य स्थानमा मौसम मुख्यतः सफा रहनेछ । कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भागमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुन सक्नेछ ।

साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us