
काठमाण्डू, ३ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गरेका छन । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन ।
हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गत १८ माघमा सुरु भएको हिउँदे अधिवेशन राष्ट्रपति पौडेलले गत चैत १९ गते अन्त्य गरेका थिए ।
राष्ट्रपतिले आह्वान गरेको यो बजेट अधिवेशन हो ।