मधेस प्रदेशका पूर्व प्रमुखविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

काठमाण्डु टुडे २०८२ वैशाख ३ गते १४:४७ मा प्रकाशित

काठमाण्डू, ३ वैशाख– जिल्ला अदालत काठमाण्डूले मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बिरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।

फौजदारी कसुरमा काठमाण्डू जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको हो । चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको जिल्ला अदालत काठमाण्डूका एकजना अधिकृतले जानकारी दिएका छन ।

उनीविरुद्ध फौजदारी कसुरमा जाहेरी परेको भनिए पनि प्रहरीले औपचारिक रुपमा सो विषय सार्वजनिक गर्न अस्वीकार गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us