
काठमाण्डू, ३ वैशाख– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते देशभर पार्टी स्थापना दिवस मनाउने तयारी गरेको छ ।
देशभरका सातै प्रदेश र जिल्लाका अध्यक्ष र इन्चार्जलाई पत्र लेख्दै उक्त दिन पार्टी स्थापना दिवस मनाउन महासचिव घनश्याम भुसालले सर्कुलर पठाएका हुन् ।
‘काठमाण्डू उपत्यकाको हकमा उपत्यकामा केन्द्रीय कार्यालयको आयोजनामा कार्यकर्ता भेलाका साथ उक्त कार्यक्रम गरिनेछ’, भुसालले भने, ‘स्थानीय अवस्थाअनुसार विचार, गोष्ठी, र्यालीसहित विभिन्न प्रकारका सांस्कृतिक कार्यक्रहरु हुनेछन् ।’