रुटिन अफ नेपाल बन्दलाई लिखित जवाफ पेस गर्न आदेश

काठमाण्डु टुडे २०८२ वैशाख ३ गते १५:०३ मा प्रकाशित

काठमाण्डू, ३ वैशाख– राष्ट्रिय सूचना आयोगले सामाजिक सञ्जाल पेज रुटिन अफ नेपाल बन्दलाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ । कानुनका विद्यार्थी विवके चौधरीले २०८१ फागुन १४ गते रुटिन अफ नेपाल बन्दसँग सूचना माग गरेका थिए ।

तर उक्त पेज सञ्चालकले सूचना दिएनन् । त्यसपछि चौधरीले उक्त पेजको कार्यालयका प्रमुखलाई पनि उजुरी गर्दै सूचना माग गरेका थिए । तथापि, सूचना उपलब्ध नगराएको भन्दै चौधरीले आयोगमा माग बमोजिम सूचना उपलब्ध नगराउने सूचना अधिकारी र कार्यालय प्रमुखलाई कारबाहीको माग गर्दै पुनरावेदन गरेका थिए ।

उक्त पुनरावेदन पत्रपछि आयोगले रूटिन अफ नेपाल बन्दलाई आयोगले लिखित जवाफ गर्न आदेश जारी गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us