
काठमाण्डू, ३ वैशाख– सत्तारुढ गठबन्धन दलहरुले कार्यदल र उच्चस्तरीय संयन्त्रको बैठक आह्वान गरेका छन । आज (बुधबार) अपराह्न ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।
त्यसपछि साँझ साढे ६ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । बैठकमा पछिल्लो समसामयिक राजनीति, बजेट अधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ ।