
काठमाण्डू, ३ वैशाख– काठमाण्डूको बूढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगाल लामिछाने टोलमा २६ लाख रुपैयाँभन्दा बढीको चोरी भएको छ ।
लामिछाने टोल बस्ने भरत राज श्रेष्ठको घरबाट नगद ७० हजार रूपैयाँ र करिब साढे १४ तोला बराबरको सुनका विभिन्न गरगहना समेत गरी करिब २६ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।
घरमा कोही नभएको मौका पारेर मंगलबार साँझ चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्नहरु अहिलेसम्म पक्राउ परेका छैनन् ।